इलाका प्रहरी कार्यालय केराबारीले खोलाजन्य पदार्थ चोरीमा संलग्न आठवटा सवारी साधन नियन्त्रणमा लिएको छ। प्रहरीले ति साधन ...
इलाका प्रहरी कार्यालय केराबारीले
खोलाजन्य पदार्थ चोरीमा संलग्न
आठवटा सवारी साधन
नियन्त्रणमा लिएको छ। प्रहरीले
ति साधन रातको
समयमा खोलाजन्य पदार्थ(ढुंगा गिट्टी) चोर्दै
गर्दा नियन्त्रणमा लिएको
हो।
प्रहरीले केराबारी गाउँपालिकाको वडा
नम्बर ७ र ८को बीचमा
पर्ने खदम खोलाबाट
ति साधन नियन्त्रणमा
लिएको स्थानीयले जानकारी
दिएका छन्। प्रहरीले
ब्यापक गस्ति बढाएपनि इलाका
प्रहरी कार्यालय केराबारीभित्रैका केहि
प्रहरीसँगको सेटिङ्गमा रातभर चोरी
हुने गरेको बेलबारी
प्रहरीको बिशेष टोलीले केहि
दिन अघि हाईवा,
ट्रिपर र जेसिभी
नियन्त्रणमा लिएपछि खुलासा भएको
थियो।
प्रहरीले यो पटक
नेपाली कांग्रेस आवद्व स्थानीय
कांग्रेस अगुवाको पनि साधन
नियन्त्रणमा लिएको स्थानीय श्रोतले
नाम उल्लेख नगर्ने
शर्तमा बताएका छन्। ती
खदम खोलामा रातभर
चोरीहुन थालेपछि प्रहरी कार्यालयले
बिशेष प्रहरीनै परिचालन
गरेको छ।
प्रहरीले यो पटक
ना ७ ख २६२७, ना ७
ख ५०१४ र
ना ७ ख ६००नम्बरको हाईवा यसैगरी
को २ त ६४९०, को २
त ५४११, को
२ त ६३७६,
ना ६ त ४२७५ र
ना ५ त ४१११ नम्बरको
पाँचवटा ट्याक्टर नियन्त्रणमा लिएको
हो।