मन्त्रिपरिषद बिस्तार मेरो बाध्यताः प्रधानमन्त्री

२७ भदौ विराटनगर । प्रधानमन्त्री शेरवहादुर देउवाले अप्ठेरो परेपछि मन्त्री मण्डल विस्तार गरिएको वताएका छन् । उनले निर्वाचन आयोगसँगको परामर...

२७ भदौ विराटनगर । प्रधानमन्त्री शेरवहादुर देउवाले अप्ठेरो परेपछि मन्त्री मण्डल विस्तार गरिएको वताएका छन् । उनले निर्वाचन आयोगसँगको परामर्शपछि मन्त्रीमण्डल विस्तार गरेको प्रष्ट पारे ।
विराटनगर विमानस्थलमा आज पत्रकारहरुसँग कुरा गर्दै प्रधानमन्त्री देउवाले सरकारको काम कारबाहीमा अप्ठेरो परेकाले विस्तार गरिएको बताए । मन्त्रिमण्डल बिस्तार पुरानै कुराको निरन्तरता भएकाले आफ्नो यस कार्यले निर्वाचन आचारसंहिता उल्लंघन नहुने देउवाले दावी गरे ।
देउवाले मन्त्री मण्डल विस्तार गरेर अहिलेको सरकारले निर्वाचन आचार संहिता उल्लंघन नगरेको र निर्वाचन आयोगलाई पनि अप्ठारोमा पार्न नखोजेको उनले बताए ।
तपाईंको सरकारले जम्बो मन्त्रिपरिषदको कीर्तिमानै बनायो नि ? भन्ने पत्रकारको प्रश्नमा देउवाले भने, ‘सरकारको काम कारवाही अगाडि वढाउने क्रममा कतिपय अवस्थामा अप्ठारेमा पर्छ, त्यो अवस्थामा मन्त्री मण्डल विस्तार गर्नु सामान्य कुरा हो । ‘
मधेस भनेको काग्रेस हो
प्रधानमन्त्री देउवाले मधेस भनेको काग्रेस भएकाले स्थानीय तहको निर्वाचनको मत परिणम काग्रेसको पक्षमा बहुमत आउने दावी गरे ।
‘दुई नम्वर प्रदेश मधेसमा छ, मधेस भनेको काग्रेस हो जहिलेपनि काग्रेसले जित्छ ।’ देउवाले भने ।
संविधान संशोधन जनताको भावना अनुसार हुन्छ
प्रधानमन्त्री देउवाले संविधान संसोधन जनताको भावना अनुसार हुने वताएका छन् । संविधान परिवर्तनशील दस्तावेज भएकाले जनताको भवना अनुसारसुधार गदै जान सकिने उनको भनाई थियो ।
उनले मधेसकेन्दि्रत दलले उठाएको माग अनुसार संविधान संशोधनको प्रकृया अघि वढाए पनि एमालेले असहयोग गरेकाले संविधान संसोधनको कार्य अगाडी वढन नसकेको वताए ।
दुई नम्वर क्षेत्रमा हुने स्थानीय तहको निर्वाचनको चुनावी प्रचार सभालाई सम्वोधन गर्न प्रधानमन्त्री देउवा, महामन्त्री शंशका कोइराला, नेता डा. शेखर कोइरालासहितको शीर्ष नेताको टोली आज विराटनगर आएको हो ।
बिराटनगर बिमानस्थल कांग्रेस नेताहरुको टोली आजै सप्तरी प्रस्थान गरेका छन् । प्रधानमन्त्री देउवासहितको टोली तीन दिन २ नम्बर प्रदेशमा रहनेछन् ।

source:onlinekhabar

COMMENTS





Name

Featured अटो अपराध अर्थ वाणिज्य कृषि खेलकुद दुर्घटना देश देश परिवेश परिवेश पूर्व बैङ्क भिडियाे मनोरञ्जन राजनीति राजनीति परिवेश विदेश समसामियक समाचार समाज समाज अपराध समाज परिवेश स्वास्थ्य
false
ltr
item
Farmer Nepal: मन्त्रिपरिषद बिस्तार मेरो बाध्यताः प्रधानमन्त्री
मन्त्रिपरिषद बिस्तार मेरो बाध्यताः प्रधानमन्त्री
https://farm5.staticflickr.com/4428/36783543680_61070786e8_b.jpg
Farmer Nepal
http://www.farmernepal.com.np/2017/09/19_11.html
http://www.farmernepal.com.np/
http://www.farmernepal.com.np/
http://www.farmernepal.com.np/2017/09/19_11.html
true
7688986134927037870
UTF-8
समाचार भेटाउन सकिएन सबै हेर्नुहोस थप पढ्नुहोस जवाफ दिनुहोस जवाफ नदिनुहोस हटाउनुहोस सर्जक गृह पेजहरू समाचारहरू सबै हेर्नुहोस तपाइको लागी ट्याग विगत खोज्नुहोस सबै खबरहरू तपाइले खोजे अनुसारको खबर पाउन सकिएन गृहमा फर्कनुहोस आइतबार सोमबार मङ्गल बुधबार बिहीबार शुक्रबार शनिबार आइत सोम मङ्गल बुध बिही शु्क्र शनि जनावरी फेब्रुअरी मार्च अप्रिल मे जुन जुलाइ अगस्ट सेप्टेम्वर अक्टुवर नोभेम्वर डिसेम्बर Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec भर्खरै १ मिनेट पहिले $$1$$ मिनेट पहिले 1 घण्टा पहिले $$1$$ घण्टा पहिले हिजो $$1$$ दिन पहिले $$1$$ हप्ता पहिले ५ हप्ता पहिले फलोबरहरू फलो गर्नुहोस । यो उत्कृष्ट सामग्री हो । ताला हटाउनका लागी बाढ्नुहोस् । सबै कोड कपि गर्नुहोस । सबै कोड Select गर्नुहोस् । All codes were copied to your clipboard कोडहरू कपि गर्न सकिएन, कृपया [CTRL]+[C] वा ( CMD+C सँग Mac) थिच्नुहोस ।